देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीओ बाँडफाँटको नतिजा हेर्न सीडीएसले ल्यायो नयाँ वेवसाइट

देशान्तर

काठमाडौ . साधारण सेयर (आईपीओ ) बाँडफाँटको नतिजा हेर्न लगानीकर्ताहरुलाई असहज भएपछि सीडीएस एन्ड क्लियरिङले आईपीओ नतिजामात्र हेर्नेगरी छुट्टै वेवसाइट सुरु गरेको छ।

आईपीओ भर्नेको संख्या ह्वात्तै बढेको र आईपीओ बाँडफाँटपछि नतिजा हेर्न धेरै ठाउँ भौतारिनुपर्ने र साइटहरु नखुल्ने समस्या भएपछि सीडीएसले आफ्नो छुट्टै वेवसाइट सुरु गरेको जनाएको छ।

उसकाअनुसार अब कुनै पनि प्राथमिक सार्वजनिक निष्काशन भएका धितोपत्रको नतिजा ‘आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपी’मा हेर्न सकिने छ।

यसअघि कम्पनीले आईपीओ हेर्नको लागि सम्बन्धित निष्काशन कर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धको बेभ साइटमा राख्ने प्रबन्ध गरेको थियो।

यही व्यवस्थापनसहित शुक्रबार महिला लघुबित्तको आईपीओ बाँडफाँट नतिजा सो कम्पनी र सार्वजनिक निष्काशनको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल अएबीआई मर्चेन्ट बैंकिङको वेवसाइटमा राखिएको थियो।

तर, लगानीकर्ताको अन्याधिक चापका कारण दुवै वेभसाइटले काम गर्न नसकेपछि नतिजा हेर्नेहरु हैरान भएका थिए।