देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिलिपिन्सले बढायो दक्षिण चीन सागरमा नौसैन्यको तैनाथी

देशान्तर

मनिला – फिलिपिन्सले दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना नागरिकको सुरक्षाका लागि भन्दै नौसैन्यको उपस्थिती बढाउने भएको छ । विवादित दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना मानिसहरुको सुरक्षाका लागि फिलिपिन्सले थप नौसेना परिचालन गर्न लागेको हो।

केही समयअघि चीनले विवादित दक्षिण चीन सागरमा विदेशी नौसेनाको विमानमा आक्रमण गर्न सक्ने कानुन ल्याएपछि फिलिपिन्सले बिरोध जनाएको थियो । विवादित सागरक्षेत्रमा चीनसँग युद्ध गर्ने नभएर आफ्ना नागरिकको सुरक्षाका लागि नौसेनाको उपस्थिती बढाउन लागिएको फिलिपिनो नौसेनाका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

विवादित सागरक्षेत्रमा चीनले ९० प्रतिशत क्षेत्र आफ्नो रहेको दाबी गर्दै महत्वपुर्ण रणनीतिक सामुद्री मार्गमा आफ्ना नौसेना खटाउँदै आएको छ । तर, दक्षिण चीन सागरमा जापान, फिलिपिन्स, मलेसिया, ब्रुनाइ, ताइवान, भियतनाम लगायत मुलुकहरुले पनि आफ्नो क्षेत्रको दाबी गर्दै आएका छन् ।