देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता पल शाह र अरुण प्रधानबीच मिलापत्र

देशान्तर

विराटनगर । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच मिलापत्र भएको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा शाह र प्रधानबीच मिलापत्र भएको हो ।

म्युजिक भिडियो सुटिङका लागि फागुन १२ गते धरान आएका शाहमाथि दुव्र्यवहार गरेको आरोप थियो । होटलमा खाना खाने क्रममा १२ गते राति साढे ९ बजे शाहका सहयोगी कृष्णप्रसाद जोशीले प्रधानमाथि आक्रमण गरेका थिए । होटलको सीसी क्यामेरा फुटेजमा पनि उनले आक्रमण गरेको प्रष्ट देखिन्छ ।

आफूमाथि हातपात भएको भन्दै प्रधानले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा शाह र उनका सहयोगी जोशीविरुद्ध उजुरी दिएका थिए । शुक्रबार साँझमा प्रहरी कार्यालय हाजिर भएका पल शाहले कमजोरी स्वीकार गरेपछि मिलापत्र भएको महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले बताए ।