देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया सम्पन्न

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया सम्पन्न भएको छ।

मस्तिष्कघात भएपछि शुक्रबार बिहान ५ बजे नर्भिक अस्पताल भर्ना भएका जोशीको बिहानै शल्यक्रिया गरिएको दाजु राजुराज जोशीले जानकारी दिए। उनले अप्रेसनपछि जोशीलाई आईसीयू कक्षमा भेन्टिलेटरमा राखिएको जानकारी दिए।

‘अप्रेसन सम्पन्न भएको छ, तर डाक्टरहरुले अहिलेसम्म अवस्था खतरामुक्त छ भनेर भन्नुभएको छैन राजुराजले भने। नवीन्द्रको मस्तिस्कको केही भागमा रगत देखिएका कारण उनको तत्काल अप्रेसन गरिएको अस्पतालले जनाएको जोशीले बताए।

बिहीबार राति शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक सारिएको हो।