देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले साउदीका पत्रकार खशोग्गीको हत्याको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने

देशान्तर

अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

प्रतिवेदनमा खशोग्गीको हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार ठहर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकाले खशोग्गीको हत्यासँग जोडिएको प्रतिवेदन शुक्रबार नै सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ ।

पत्रकार खशोग्गीको २०१८ को अक्टोबरमा टर्कीस्थित साउदी वाणिज्य दूतावासभित्र हत्या गरिएको थियो ।

साउदी युवराजले घटनामा कुनै पनि रुपमा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन् । खशोग्गीलाई साउदी राजकुमारमा कट्टर आलोचक थिए ।

घटनामा साउदी अरबको अदालतले पाँचजनालाई मृत्युदण्डको फैसला सुनाएको भएपनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइेडनले प्रतिवेदन अध्ययन गरिसकेको र उनले यसबारे साउदी अरबका बादशाह सलमानसँग कुराकानी गरिसकेको बताइएको छ ।

बाइडेनले साउदी अरबसँग नयाँ किसिमको सम्बन्ध अघि बढाउन चाहेका छन् ।