काठमाडौँ । सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले उखान टुक्काले चुलो बलेन, जनतालाई बाँच्न गाह्रो भो लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए ।
अर्को नेता लिलाबल्लभ दाहाल काकाले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै विद्यार्थी नै बजारको अनुगमनमा जाने बताए । उनले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोप लगाए । नेवि सङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने बताए ।
]]>
प्रतिक्रिया