देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहिबार नेप्सेमा उच्च अंकको गिरावट

देशान्तर


काठमाडौं – साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से उच्च अंकले घट्दा सबै सुचक रातै देखिएका छन् । आज नेप्से ४४ दसमलव ९४ अंकले घटेर २५ सय ५४ दसमलव १३ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५३ अंकले घटेर चार सय ६१ दसमलव ८१ बिन्दुमा झरेको छ ।

दुई सय छ वटा कम्पनीहरुको ८३ हजार चार सय सात पटकको कारोवारमा एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब नौ करोड ८१ लाख ८८ हजार चार सय १४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये सबै सुचक घटेर नेप्से पुरै रातो भएको छ । बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव ४९ अंकले घटेर १८ सय ४६ दसमलव ८३ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि २७ दसमलव ७५ अंकले घटेर दुई हजार सात दसमलव तीन बिन्दुमा झरेको छ ।

यसैगरी निर्जिवन बीमा, बिकास बैंक, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि उच्च बिन्दुले घटेकाछन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९१ प्रतिसतले बढेर तीन सय ७७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सनराईज फष्र्ट म्युचअल फण्डको प्रतियुनिट सेयर मुल्य छ दसमलव ८४ प्रतिसतले घटेर १२ रुपैयाँ ९४ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ४४ रुपैयाँ अन्तिम मुल्यमा ८९ करोड ४७ लाख ६४ हजार आठ सय ७४ रुपैयाँको कारोवार भएको छ ।