देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेमी थिर कोइरालासँग विवाह बन्धनमा बाँधिइन् अञ्जु पन्त

देशान्तर

काठमाडौं – गायिका अञ्जु पन्तले प्रेमी थिर कोइरालासँग बुधबार विवाह गरेकी छिन् । उनीहरु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

अञ्जु र थिरबीच एक टेलिभिजन कार्यक्रमका सिलसिलामा भेट भएको थियो । थिरले सञ्चालन गर्ने गरेको ‘टक सो’मा अञ्जु अतिथि भएर गएकी थिइन् । उनीहरु दुवैजनाले क्रिश्चियन धर्म मान्दै आएका छन् । बुधबार पाटनको एक चर्चमा उनीहरुको विवाह भएको बुझिएको छ ।

केही समयअघि मात्रै उनीहरुको प्रम सम्बन्धबारे खुलासा भएको थियो । दुवैजनाले प्रमे स्वीकार्दै बिहे गर्ने विषयमा कुराकानी भएको, तर मिति पक्का नभएको बताएका थिए ।

अञ्जुको यो दोस्रो विाह हो । यसअघि गायक तथा सं‌गीतकार मनोज राजसँग विवाह गरेकी उनकी परितोषिका नामकी एक छोरी छिन् । छोरीकै दबाबमा आफूले विहे गर्न लागेको अञ्जुले बताउँदै आएकी छिन् ।