देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुईसयभन्दा बढी खानेपानीका मुल सुके

देशान्तर

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपछि १९७ स्थानमा खानेपानीको मूल सुक्दा स्थानीयवासीले सास्ती खेपेका छन् । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकको पहलमा गाविस सामाजिक परिचालकद्वारा गरिएको पछिल्लो सर्वेक्षणले जिल्लाको १७४ स्थानमा खानेपानीको मूल सुकेपछि खानेपानीको वैकल्पिक स्रोत उपभोग भएको छ । 

काभ्रेपलाञ्चोकको चण्डेनीमण्डन, तिमाल, कोसीपारिलगायतका क्षेत्रका विभिन्न गाविसमा रहेका खानेपानीको स्रोत सुकेकाले थप वैकल्पिक स्रोत खोजी गरिदिन स्थानीयवासीले अनुरोध गरेका छन् । 

डिभिजन कार्यालय, धुलिखेलले दिएको एक तथ्याङ्कअनुसार ४१७ खानेपानीको मूलमा पानीको स्रोत घटेको छ भने १८१ ठाउँमा पानीको वैकल्पिक स्रोतसमेत छैन । 

पानीको मुहान सुकेको छ तर कुन कुन ठाउँको भन्ने विषयमा विश्लेषण भएको छैन सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अधिकृत रामकाजी काफ्लेले भने ।  

उनले खानेपानीको सोत सुकेको ठाउँमा के गर्ने भन्ने विषयमा ठोस प्रगति हासिल नभएको उल्लेख गर्दै जिल्लाभर नै खानेपानीको अवस्थाबारे प्राविधिकसहित सम्भाव्यता अध्ययन गरिने बताए ।  

काफ्लेले खानेपानीको समस्या समाधान गर्न कतिपय स्थानमा सहुलियत दर वा अनुदानमा आकासे पानीको सङ्कलन प्रविधि भित्र्याउने विषयमा समेत छलफल भएको जानकारी दिँदै कुनै पनि नीतिगत निर्णय नभएको बताए ।  

]]>