देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा १२ दसमलव ५६ अंकले बढ्यो, छ अर्ब ७० करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – नेप्सेमा करेक्सन देखिएको छ । अघिल्ला दिनहरुमा घटेको नेप्से साताको चौथो दिन बुुधबार भने बढेको छ । नेप्से आज १२ दसमलव ५६ अंकले बढेर २५ सय ९९ दसमलव सात बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव चार अंकले बढेर चार सय ७० दसमलव ३४ बिन्दुमा चढेको छ ।

दुई सय चार वटा कम्पनहिरुको ६९ हजार नौ सय ९४ पटकको कारोवारमा एक करोड ६७ लाख २६ हजार चार सय ७२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम छ अर्ब ७० करोड १८ लाख ७२ हजार चार सय ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये जलबिद्युत र अन्य समुहको सुचक सामान्य अंकले घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव छ अंकले बढेर १८ सय ८४ दसमलव ३२ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८४ दसमलव ३४ अंकले बढेर १३ हजार एक सय २८ दसमलव ४६ बिन्दुमा चढेको छ ।

जीवन बीमा, बिकास बैंक, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ११ सय रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ३९ प्रतिसतले घटेर पाँच सय ६२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता चार सय ७७ रुपैयाँ अन्तिम मुल्यमा ५८ करोड २५ लाख ७५ हजार आठ सय २९ रुपैयाँको कारोवार भएको छ ।