देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सरकारमा जान हतारिएको छैनः नेता श्रेष्ठ

देशान्तर

वालिङ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गोपालमान श्रेष्ठले नेपाली काँग्रेस सरकारमा जान नहतारिएको बताएका छन्् ।  

‘संविधानको सफल कार्यान्वयनका लागि पनि अहिले राष्ट्रिय सरकारको आवश्यकता छ’ काँग्रेस स्याङ्जा क्षेत्र नंं. २ ले आज वालिङमा आयोजना गरेको कार्यकर्ता भेटभाट कार्यक्रममा नेता श्रेष्ठले भने, “जारी संविधानको कार्यान्वयनका लागि पनि नेपाली काँग्रेस बढी जिम्मेवार हुनु आवश्यक छ ।” 

मधेसमा जारी आन्दोलन अहिले राजधानी केन्द्रित भएकाले मधेसीका जायज मागलाई दबाउनेभन्दा पनिसरकारले छिटो सम्बोधन गर्नुपर्नेमा नेता श्रेष्ठको जोड थियो । 

नेपाली काँग्रेस स्थानीय निकायको निर्वाचनबाट नभाग्ने बताउँदै नेता श्रेष्ठले त्यसका लागि आवश्यक तयारीमा रहन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।  

]]>