देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य तोलामा ११ सयले बढ्यो

देशान्तर

काठमाडौं – साताको तस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेको छ। सोमबार सुनको मूल्य तोलामा ८९ हजारमा कारोबार भएको थियो। मंगलबार ११ सय रुपैयाँ बढेर सुन ९० हजार एक सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ३ सय ३५ मा कारोबार भएको थियो। मंगलबार तोलामा २५ रुपैयाँ बढ्दै १ हजार ३ सय ६० पुगेको महासंघले जनाएको छ। गएको हप्ताभरि घटेको सुनको मूल्य यो हप्तामा भने लगातार बढिरहेको छ।