देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलाे पारिने

देशान्तर

बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् ।

लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी गराइसकेको बीबीसीले जनाएको छ । नयाँ घोषणाअनुसार मार्च ८ देखि स्कुलहरु खुलाइनेछ । त्यस्तै, मार्चको २९ देखि पार्क, निजी बगैंचालगायतमा ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइनेछ ।

टेनिस, बास्केटबल लगायत आउटडोर खेल स्थल पनि सुचारु गरिनेछ । अप्रिल १२ देखि सुरु हुने लकडाउन खुला गर्ने दोस्रो चरणमा हाल बन्द रहेका अत्यावश्यकबाहेकका सबै अत्याधिक जमघट हुने व्यवसाय सुचारु हुनेछन् ।

त्यसपछि सर्वसाधारणको अत्याधिक जमघट हुने सार्वजनिक स्थलहरु खुला गरिनेछ । अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ । तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसायहरु खुल्नका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ ।

पब, रेष्टुरेन्ट लगायतको क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ । यो चरणमा आउटडोर ६ जनासम्मको जमघट हुन सक्ने यसअघिको छुटलाई बिस्तार गर्दै ३० जनासम्मको जमघटलाई छुट दिइनेछ । खेलकुदका प्रतियोगिताहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् । यस्तै चौथो चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र बेलायत लकडाउनमुक्त हुने प्रधानमन्त्री जोनसनको योजना छ ।