देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्राजिलमा ‘एलो फिबर’ नियन्त्रणमा लिने प्रयास

देशान्तर

 कोरोना भाइरसको मारमा परेको ब्राजिलमा ‘एलो फिबर’ को महामारी फैलन सक्ने भन्दै सयौं बाँदरहरुलाई एलो फिबरविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

कोरोना महामारीका बीच यो रोग फैलन सक्ने संकेत पाएपछि ब्राजिलले सयौं बाँदरलाई एलो फिबर विरुद्धको खोप दिन सुरु गरेको हो । लामखुट्टे र बाँदरबाट मानिसमा सर्ने यो रोग लागेका व्यक्तिलाई अत्यधिक ज्वरो आउने, अत्याधिक रक्तश्राव भई मृत्यु हुने गर्दछ ।

खोप अभियानले १५ प्रतिशतसम्म यो रोग नियन्त्रणमा आउने ब्राजिल सरकारले जनाएको छ । ब्राजिलमा सन् २०१६ मा एलो फिबरको महामारी फैलिँदा ४ करोड मानिस असुरक्षित भएका थिए भने सन् २०१७ मा देशभर एलो फिबर फैलिएको थियो ।

सन् १९८० देखि सुरु भएको एलो फिबरको महामारीका कारण विश्वभर हरेक महिना ४ सय जनाको मृत्यु हुने गरेको थियो । कोरोना भाइरसको महामारीकाबीच हाल विश्वभरका वैज्ञानिकहरु दक्षिण अमेरिकी राष्ट्रहरुमा एलो फिबर नियन्त्रणमा जुटेका छन् ।