February 28, 2021, Sunday
२०७७ फाल्गुन १६
ताजा अपडेट

नेपालमा लोकतन्त्रको असली अनुहार

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

मनोजकुमार कर्ण

चीन–अमेरिकाबीच भारत र नेपाल
अमेरिकी राष्ट्रपतीय निर्वाचनको संक्रमणकालले विश्व राजनीतिलाई धेरै महिना अलमलमा पारेको मौका पारेर चीनले युरोपियन युनियन तथा अमेरिकाकै वर्तमान जो बाइडेन प्रशासनलाई फकाउँदै–छक्याउँदै खासगरी सफ्टवेयर र भौतिक निर्माण र आयातमा उनीहरूलाई आपसमै भिडाउँदै केही बढी रकमको व्यापार बढाएको भए पनि अन्ततः अमेरिकी वर्तमान बाइडेनको ह्वाइट हाउस प्रशासनले बाइडेनको विगतमा बहकेकोबाट कोर्स करेक्सन गर्दै पुरानै उही डोनाल्ड ट्रम्पकै रक्षा तथा विदेश नीति कम्तीमा चीनको हकमा लागू गरेको प्रष्ट दुईटा प्रमाण देखा परेका छन् । पहिलो, अमेरिकी संसद् कपिटल हिलमाथि भएको पछिल्लो ट्रम्पपक्षीय जनताको विद्रोहमा उनलाई महाभियोग लगाउने भए पनि वर्तमान शक्तिहीन अवस्थामा पुगको ट्रम्पलाई बाइडेनको कार्यकालमा १० मतले कम भई महाभियोग नलगाउने निर्णय त्यहाँको संसद्ले पारित गर्नु, यद्यपि ट्रम्पका आफ्नै रिपब्लिकन १० जनाले व्यक्तिगत रिसइबीले उल्टै महाभियोग लगाउनुपर्छ भनेर मत हालिदिए तर समग्रमा अमेरिकी जनताको अभिमत एकता भएर कम्युनिज्मको विरुद्ध अर्थात्, अमेरिका र विश्व लोकतान्त्रिक इन्डो–प्यासिफिक तथा अन्य लोकतान्त्रिक देशमाथि चिनियाँ दादागिरीलाई एक भएर चुनौती दिने प्रष्ट मनसाय अमेरिकीले पारिदिए र आउने सन् २०२४ मा ट्रम्पलाई पुनः राष्ट्रपति बन्ने बाटो एक होइन बरु दुई चोटीको लागि भनेर बाटो पनि खोलिदिए । दोस्रो, अमेरिकामा सन् २०२० को अन्त्यमा राष्ट्रपतीय निर्वाचनको परिणाममा तत्कालीन राष्ट्रपति ट्रम्पको तर्फबाट गरिएको भनिएको असहयोगको बेला बाइडेनले आफ्नो पूर्वमोह तथा ढल्काउले गर्दा उनी राष्ट्रपति भएर आए युरोपियन युनियनलाई भन्दा चीन तथा इस्लामको कट्टर पक्षधरलाई लिएर अगाडि बढ्ने प्याच्च बोलिदिए जसपछि भारतलगायत लोकतान्त्रिक देशहरूले वेइट–एन्ड–सीको नीतिमा अमेरिकाको चुनावी परिणामलाई केबल वाच् गर्न थाले अर्थात् न्युट्रल भइदिए । तर विश्व लोकतान्त्रिक कित्ताको रुझान बुझ्ने बित्तिकै डेमोक्र्याटकै तथा जो बाइडेनको ओसामा बिन लादेनलाई कार्बाही गर्ने बेला पहिला ‘हुन्छ’ भनेर पछि ‘गर्नु हुन्थेन’ जस्तो ढुल्मुले नीति उपराष्ट्रपतिको रूपमा व्यहोरेका पूर्वराष्ट्रपति बाराक ओबामाले तत्काल कमान्ड सम्हाली बाइडेनका भावी विदेश मन्त्रीलाई अमेरिका रहेका कूटनैतिक तथा व्यापारिक घरानाका नामी परिवारको बीच ‘हाम्रो प्रशासनले भारतसँग पूर्ववत् व्यवहार गर्नेछ’ भनी पत्रकार सम्मेलन नै गरे जसपछि मात्र भारतीय प्रम नरेन्द्र मोदीले बाइडेनलाई राष्ट्रपतिको लागि अग्रीम शुभकामना दिए । आज परिणाम देखिसक्यो ः गत सातामात्र अमेरिकी बाइडेन प्रशासनले स्पष्टरूपमा पत्रकार सम्मेलन नै गरेर भनिदियो कि इन्डो–प्यासिफिकअन्तर्गत एसियामा हाम्रो मुख्य पार्टनर भारत नै हो र हाम्रो कुनै पनि अलायन्सका पार्टनरमाथि अन्य देशले सुरक्षा खतरा उत्पन्न ग¥यो भने अमेरिकाले सबै प्रकारको सहयोग तत्काल गर्न तयार छ ! यो त्यही कुरा भइदियो जुन ट्रम्प प्रशासनले भारतसँग संयुक्त घोषणा गरेको थियो र चीनले उनलाई यसपालि हराउन ‘टार्गेट’ गरेको थियो । चीनले ‘सफलता’ पनि पाएको छ तर असली सफलता कसले पायो, यो बुझेर ऊ अहिले मानसिक ‘हृदयाघात’को अवस्थामा छ किनकि अमेरिकी घोषणाको १२ घण्टा नबित्दै चीनले भारतको लद्दाख क्षेत्रमा एलएसी (लाइन अफ् एक्चुअल कन्ट्रोल) भन्दा भित्र झगडालु हिसाबले पठाएको सैनिकलाई न ब्याक गर्दै बिना सर्त बंकरहरू भत्काइरहेका छन् भने सेनालाई डिस्इगेज्मेन्ट पनि गरिरहेको छ जबकि चीनले सन् १९४७ देखि सन् २०१४ सम्म भारतीय क्षेत्रमा एग्रेसिभ कदम चालेर हजारौं वर्गमिल जमिन हड्पेको इतिहास छ तर यसपालि उसले पछि हट्नु परेको छ । यसैबीच, नेपालमा एमसीसी वा बीआरआईको टस्सल चलिरहँदा जहाँ एमसीसी विकासको लागि छ, त्यहाँ बीआरआई केवल छद्म विकासको रूपमा ऋणको गलपासोमा पारेर विश्वमा अन्य संस्कृति तथा लोकतन्त्रलाई मास्दै चिनियाँ भाषा, संस्कृति र ‘सुधारिएको लोकतन्त्र’को नाममा चिनियाँ कम्युनिज्म लाद्ने हिसाबमा छन् भने त्यहीँ बीआरआई देशहरूमा उसको सैन्य अखडा राख्ने कुरो त पाकिस्तानमै देखिसक्यो, पहिला ऋण वा ब्याज तिर्न नसकेको भनेर कहिले पोर्ट वा पार्क धरौटीमा राख भनेर त्यहाँ सैन्य संरचना निर्माण गर्नेबाट ! नेपालमा बीआरआई लिने ‘इच्छुक’ नेताहरूले सम्पूर्ण पौने तीन करोड जनताको मानसिकता उनीहरू औंलामा गन्ति गरिने १०–१२ जनाले लिएर निर्णय लिन सक्दैन र त्यो, देशद्रोह पनि कालान्तरमा हुन सक्छ जब देशको भूगोल आज सगरमाथामा अंशियार चीनलाई दिएबाट नै भइरहेको छ । तर स्वयं चीनले नै भारत–अमेरिकी ट्युनिङ मिल्नेबित्तिकै नेपालको मामिलामा पहिलो विदेशी देश भएर नेकपा एक भएर अघि बढ्नुस् भनी उसको विदेश मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर बोले पनि उसले यो गर वा यो नगर जस्तो कुनै कुरा गत पुस ५ गते अघिको जस्तो बोलेको छैन, जसले गर्दा नेपालको मामिलामा चीनले विश्व परिवेशअनुसार आफ्नो अजेन्डा सार्न बिरालोले मुसोलाई ढुकेजस्तै पारामा एक पाइला पछि सरेको अवस्थामा छ ।

मोही माग्ने, ढुंग्रोे लुकाउने छलाङ
२०७४ सालको संसदीय निर्वाचनअघि काठमाडौंस्थित चिनियाँ दूतावासले कार्यगत एकता गराइदिएको एमाले र माओवादी नै पछि नेकपा बनेको परिदृश्यमा आज नेकपाका एमाले वा प्रचण्ड–माधव समूहले नेपालको भन्दा पनि केबल अन्य देशलाई नै आफ्नै तवरमा खुसी पारिरहेका आरोपभन्दा पनि केही तथ्यले नै प्रष्ट पारिदिएका छन् । जस्तै, पूर्वमाओवादीहरू आज जसपा वा सडक (प्रचण्ड–माधव समूह¬) वा अर्धभूमिगत वा भूमिगत (वैद्य तथा विप्लवहरू) जहाँ भए पनि नेपालमा वर्तमान सर्वोच्च अदालत र वेस्ट मिनिस्टेरियल संसदीय व्यवस्था–प्रधानमन्त्री कार्यकारी प्रणाली ‘भ्रष्टाचारपूर्ण’ तथा जनताको चाहना पूरा गर्न नसक्ने रहेछन् भन्ने ‘सावित’ गराउँदै छलाङ मार्दै अब चिनियाँ जनवाद–वैज्ञानिक जनवाद–समाजवाद–साम्यवाद आदिमा जानुपर्ने भनेर एउटै एक्सिसमा रहेर काम गर्दैछन् । त्यस्तै, प्रचण्ड–माधव समूह वा लोकतन्त्रमा पक्षमा विश्वव्यापी आवाज बनेर भारत–अमेरिका–युरोपलाई बोलेर संसद् पुनस्र्थापना गर्न अर्थात् हाकाहाकी नेपाली जनताको स्वआन्दोलनभन्दा पनि विदेशीलाई हस्तक्षेप गराउने हिसाबले बोलिरहँदा यी कम्युनिस्टहरूले भने एसियाकै छिमेकी देश म्यान्मारमा लोकतन्त्रकी पर्याय नेत्री आङ सान सुकीलाई चिनियाँ खुल्ला समर्थनमा त्यहाँको सैनिकले नजरबन्द गरी लोकतान्त्रिक सत्ताको चुनावी जितलाई सैकिन कु गरेकामा चीनको विरोध गरेका छैनन् र, नै पाकिस्तानमा लोकतान्त्रिक नेता र सरकारमाथि बेलाबखत हुने सैन्य हस्तक्षेपबारे केही पनि यिनीहरूले बोल्ने गरेका छन् । यसरी दोहरो मापदण्डअनुसार मोही माग्ने, ढुंग्रोे लुकाउने ‘छलाङ’ प्रचण्ड–माधव समूह¬को कति नैतिकपूर्ण छ ? यिनै माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७४ सालको स्थानीय तथा संसदीय निर्वाचनमा डा. बाबुराम भट्टराईले कांग्रेसलाई ‘युज’ गरेर धोखा दिएकै हुन् अनि उनीहरूसँग आज कांग्रेसले उनीहरूलाई नै चिनियाँ स्वार्थको नेपाली सत्ता दिलाइदिन कांग्रेसले कथित संयुक्त आन्दोेलन गरिदिएन भने कांग्रेसको ‘मति’ बिग्रन्छ ? प्रचण्ड–माधव समूह¬ले हिजो धर्मनिरपेक्षताको नाममा सोल्टी होटलमा कम्युनिस्ट प्रधानमन्त्रीलाई २४ घण्टा जति थुनेर एउटा धर्मको पक्षमा कोरियाबाट फादर ल्याएर खासगरी माधव नेपालले बसाएकै हुन् भने आज प्रम केपी ओलीले पशुपतिनाथमा सुनको गजुर नै सर्वधर्म रक्षाको रिहाज्मा गरे भने केको आपत्ति ? त्यस्तै, जब यिनै प्रम ओलीले हिजो मिडिया कानुनमार्फत सामाजिक सञ्जाल आदि नियन्त्रण गर्न खोज्दा, महिलाको अधिकार कार्यान्वयन नगर्दा, लोकतन्त्रमा शक्ति पृथकीकरणको मान्यता विपरीत आफूमार्फत संवैधानिक निकायहरू ल्याउँदा कम्युनिस्टको प्रभाव रहोस् ताकि ओलीपछि हामी नै आएर ‘सत्ता कब्जा’ गर्ने भनेर चुप्की साँधे !

Advertisement

सरकारी फकाई, आफन्तलाई जागिर र आतंक
असंवैधानिक रूपले गरिएका नियुक्तिहरूमा कांग्रेस निकट केही मान्छेलाई पारेर विवादमा तानी कांग्रेसलाई फकाउने केपी ओलीको झोलमा डुब्ने को कांग्रेसी होला ? जहाँ प्रचण्डहरूले हिजो कांग्रेसलाई धोखा दिए, त्यहीँ नेकपाको ओली समूहले भित्रभित्रै उही चिनियाँ डिजाइनमा नेपालमा लोकतान्त्रिक प्रक्रियाहरूलाई संसद् विघटन, वाक स्वतन्त्रतामा बाधा पु¥याई, निर्वाचन आयोगलाई प्रभावमा पारेर, विश्वविद्यालयहरूमा अन्य विचारधाराका विद्यार्थी–प्राध्यापकहरूलाई थर्काउनेदेखि भौतिक आक्रमणसमेत गर्न लगाएर तर्साउने नीतिमा रहेर तनहँुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा भर्खरै केन्द्रीय सदस्य एनपी साउदको कार्यक्रममैै ढुंगामुढा गराएर घाइते बनाएको अवस्था छ । जहाँजहाँ ओलीतन्त्रका कारिन्दाहरू पावरमा छन्, त्यहाँ लाल–कार्यकर्ता भर्तीकेन्द्र बनाएर बेरोजगार युवा भएको देशमा युवालाई छाडेर हाकाहाकी अवकाश प्राप्त एमालेहरूलाई जागिर दिन क्याम्पसहरू समेतमा विभागीय बैठकमै लाज नमानीकन भन्छन् भने सरकारी अन्य जागिरमा पनि ४७ हजार कार्यकर्तालाई भर्ती गरेर केवल तलब बुझ्ने तर ओलीको पक्षमा भोलि चुनावको बेला ‘जिताउने’ गरी काम दिएका रोजगार प्रदान गरेको ढिङ्ढोरा ओलीतन्त्रले पिटाएका छन् । यो सत्ताको आडमा सरकारी तथा लाल आतंक हो ।

कांग्रेसको मार्ग निर्र्देशन
कांग्रेसको मति तब बिग्रनेछ जब ऊ कोही पनि कम्युनिस्टको एउटा समूहसँग लत्रिन्छ नत्र, मति उनै कम्युनिस्टहरूको लोकतान्त्रिक डाइक्सहरूलाई चुनौती दिँदा बिग्रेको देखिन्छ । कुनै पनि वामपन्थीले लोकतान्त्रिक प्रणाली तथा संसदीय प्रधानमन्त्रीय प्रणालीको विपक्षमा रहेर नेपालमा सत्ताकब्जाको प्रयासमा चिनियाँ जनवादमा जान प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा लागेका छन् भलै वामपन्थीको नाममा ओली कित्ता कथित् लोकतान्त्रिक आईएनजीओ वा अमेरिकाको पक्षमा देखा परून् वा प्रचण्ड–माधव समूह¬ प्रस्टै चिनियाँ–उत्तर कोरियाको लब्बिमा देखिऊन् ! हिजो प्रचण्ड–माधव समूह¬लाई फकाएर आफूलाईमात्र प्रममा मद्दत लिन बाध्य पार्र्ने ओलीले कांग्रेसलाई फकाएर केबल युज गर्ने हो भने उनका ‘बा’ समूहका आततायीहरूले कांग्रेसी नेता तथा कार्यकर्तामाथि योजनाबद्ध गरिरहेको विभिन्न हमलाहरूले पनि प्रस्ट पारेको छ । कांग्रेसले विश्वविद्यालय तथा आम जनस्तरमा कार्यकर्ता र शुभेच्छ्कसँग लाल–आतंकबारे सुन्नुपर्छ र रणनीति बनाउनुपर्छ । कांग्रेस नेतृत्वले नेकपा फुटेको अवस्थामा पनि आपसी अन्तर्घात नत्यागेको कुरा भर्खरै दाङमा भएको सानो निर्वाचनमा कांग्रेसको हारले देखाएको छ । कांग्रेसले मधेस–थारूवानमा वर्तमान हावालाई आत्मसात् गरेर लोकल उम्मेदवारलाई नै प्राथमिकता दिनुपर्दछ भने यदि कोही देशैभर स्विकार्य उम्मेदवार छ भने उपत्यका र पहाडतिर पनि मधेसी–थारूलाई स्थापित गराउन सक्नुपर्छ, बल्ल जसपा वा नेकपालाई व्यवहारतः चुनावी टक्कर दिनसक्छ ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)


  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares