देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रूबिनाले जितिन् १४ औं सिजनको बिग बोसको उपाधि

देशान्तर

भारतीय रियालिटी सो बिग बोसको १४ औं संस्करणको उपाधि  टेलिभिजन कलाकार रुबिना दिलैकले जितेकी छन् ।

सोका सञ्चालकसमेत रहेका अभिनेता सलमान खानले आइतबार राति विजेताको नाम घोषणा गरेका हुन् ।

विजेता घोषणा गर्नुअघि सलमानले सबै प्रतिष्पर्धीलाई १४ लाख भारू लिएर सो छोडेर जान सक्ने विकल्प दिएका थिए । उक्त निर्णय गर्न उनीहरूलाई ३० सेकेन्ड समय दिइएको थियो ।

३३ वर्षकी  दिलैक आफ्ना अभिनेता पति अभिनव शुक्लासँगै सोमा गत अक्टोबरमा सहभागी भएकी थिइन् । उनलाई दर्शकले धेरै मन पराएका थिए । यसअघि उनी छोटी बहुटिभी सोबाट चर्चामा आएकी थिइन् । 

विजेता बनेसँगै दिलैकले ३६ लाख भारू पाएकी छन् ।

राहुल वैद्य यो सिजनका फर्स्ट रनरअप बनेका छन् । उनी यसअघि  इन्डियन आइडलको पहिलो सिजनमा पनि फर्स्ट रनर अप भएका थिए ।

बिग बोसका सञ्चालक सलमानले आगामी आठ महिनाभित्र अर्को  सिजनको बिग बोस ल्याएर आउने बताएका छन् ।