काठमाडौँ – निर्देशक दीपेन्द्र लामाले दयाहाङ राई र नम्रता श्रेष्ठलाई लिएर ‘वरदान’ नामक सर्ट फिल्म निर्माण गरेका छन् । लेखन समेत लामाकै रहेको फिल्मको छायाँकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा काम गरेका हुन् ।
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । फिल्म कोसिस नेपालले निर्माण गरेको हो ।
प्रतिक्रिया