देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईतबार नेप्सेमा सामान्य बृद्धि

देशान्तर

काठमाडौं – नेप्से सामान्य अंकले बढेपनि साताको पहिलो कारोवार दिन आज आईतबार गुमाउने भन्दा कमाउने समुह धेरै देखिएका छन् । नेप्से तीन दसमलव ६६ अंकले बढेर २६ सय ४० दसलव ३४ बिन्दुमा चढेपनि सेन्सिटिभ भने आज दुई दसमलव दुई अंकले घटेर चार सय ७९ दसमलव ५८ बिन्दुमा झरेको छ ।

आज दुई सय सात वटा कम्पनीहरुको ९३ हजार ३९ पटकको कारोवारमा दुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार नौ सय ६७ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा आज पाँच वटा समुहले गुमाएकापनि सात वटा समुहले भने कमाएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव १३ अंकले घटेर १९ सय २९ दसमलव ५३ बिन्दुमा झरेकोमा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा र लघुबित्त समुहको सुचक घटेकाछन् । बिकास बैंक समुहको सुचक भने २९ दसमलव ३२ अंकले बढेर २७ सय ६३ दसमलव ३० बिन्दुमा झरेकोमा जलबिद्युत, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको शिवश्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ८७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ३७ प्रतिसतले घटेर एक सय ७२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता चार सय ६० रुपैयाँ अन्तिम मुल्यमा ६१ करोड ६२ लाख ६२ हजार तीन सय ६६ रुपैयाँको कारोवार भएको छ ।