देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सगरमाथामा यस वर्ष चारको मृत्यु

देशान्तर

सोलुखुम्बु । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । 

यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निरास बने । 
त्यसपछि अरु तीन जनाले ज्यान गुमाएर हालसम्म यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नयाब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।  

शुक्रबार ३६ वर्षीय डच एरिक अर्नाल्डको सगरमाथा चुचुराबाट फर्कने क्रममा ज्यान गएको थियो भने शनिबार अस्ट्रेलियाको मोनास विश्वविद्यालयका प्रा मारिया स्ट्रिडको चुचुरो पुग्नुअघि चौथो क्याम्पमा ज्यान गयो । यस्तै आइतबार ४४ वर्षीय भारतीय सुवास पउलको दोस्रो शिविरमा नै ज्यान गएको प्रहरीको भनाइ छ । 

गएको दुई वर्ष सगरमाथामा ठूलो मानवीय क्षति हुँदा आरोहण अवरुद्ध थियो । सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि हालसम्म २०० भन्दा बढीले सगरमाथामा ज्यान गुमाइसकेका छन् । 

]]>