देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारमा दुई जना प्रदर्शनकारीको मृत्यु

देशान्तर

म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शनमा सहभागी भएका मध्ये कम्तीमा दुईजनाको मृत्यु भएको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा २० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा पछिल्लो दुई हप्तादेखि सैनिक शासनक विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न गोलाबारुदको प्रयोग गरेको छ । फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो ।

सेनाले गएको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै नेतृ आङ साङ सूकीसहितलाई नियन्त्रणमा लिएर सत्ता हत्याएको हो । सो चुनावमा सूकीको पार्टीले अत्याधिक बहुमत ल्याएको थियो ।

सेनाले सत्ता हत्याएसँगै सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि प्रदर्शनमा उत्रिएका छन् । दबाबमा आएको सैनिक नेतृत्वले पछिल्ला दिनमा प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै आएको छ ।

यसअघि शुक्रबार एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । उनी प्रहरीको गोली लागी घाइते थिइन् ।