देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृत भेटिएको १७ दिनपछि भागरथीको महाकाली नदी किनारमा अन्त्येष्टि

देशान्तर

काठमाडौ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज दाहासस्कार गरिएको छ।

दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा निकालिएको थियो।

भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो। भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो।

गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । घटनामा संलग्नको पहिचान हुनुपर्ने मागगर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो।