देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई तरुण दलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

देशान्तर


काठमाडौ . नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ हजार ५ सय थान मास्क तथा १० थान पीपीई सेट हस्तान्तरण गरेको छ

आज प्रजातन्त्र दिवसको अवसरमा दलका अध्यक्ष जित जङ्ग बस्नेतलगायतको टोली पाटन अस्पताल लगनखेलमा गई अस्पतालका रजिस्ट्रार प्रोफेसर डा पारस आचार्यलाई २ हजार ५ सय थान मास्क, १० थान पीपीई सेट तथा २८ थान फेस शिल्ड हस्तान्तरण गरेको हो ।

स्वास्थकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।