देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको पहलमा १० अर्बको लगानी भित्र्याउन प्रबन्धपत्रमा हस्ताक्षर

देशान्तर

काठमाडौं । एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा स्थापना हुन लागेको सो कम्पनीमार्फत नेपालमा कम्तीमा १० अर्ब रूपैयाँको लगानी भित्र्याउने तयारी रहेको संघले आज विज्ञप्ति जारी गरेर जनाएके छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब रूपैयाँभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जनाएको छ ।

संघका अध्यक्ष कुमार पन्त, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा. खगेन्द्र जिसी, चिरञ्‍जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरेका छन् ।