देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबल बैंकका ९१ शाखा पुगे

देशान्तर

बागलुङ । ग्लोबल आइएमई बैंकले देशभर ९१ वटा शाखा विस्तार गरेको छ । 

‘क’ वर्गको वित्तीय संस्थामा पर्ने सो बैंकले छोटो समयमै आफ्नो सञ्जाल बढाउँदै लगेको हो । पछिल्लो शाखा बागलुङको गलकोटमा खुलेको छ । यसअघि ९०औँ शाखाका रुपमा तनहुँको दमौलीमा विस्तार गरिएको थियो । 

गलकोट शाखाको यसैसाता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका थिए ।  जिल्लामा यसअघि सदरमुकाम बागलुङ बजार र दक्षिण कुश्मीसेरामा उक्त बैंकको शाखा सञ्चालनमा छ । शाखा विस्तारसँगै ‘एटिएम’ सेवालाई पनि उक्त बैंकले विस्तार गर्दै लगेको छ । 

बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत जनकराज शर्माका अनुसार रु पाँच अर्बसम्म लगानी गर्न सक्ने अवस्थामा सो बैंक रहेको छ । बैंकले करिब छ लाख ग्राहकलाई सेवा दिइरहेको छ भने रु ६४ अर्ब निक्षेप सङ्कलन तथा रु ६७ अर्ब कर्जा प्रवाह गरेको बताइएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड सन् २००७ मा सञ्चालनमा आएको हो । 

]]>