देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलकाे अक्सन आज

देशान्तर

भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग ९आईपीएल० टी ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ ।

चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । अक्सनमा कुल २९२ खेलाडी सहभागी हुने छन् । जसमा १ २५ विदेशी खेलाडी रहेका छन् ।

अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडीको खेल्नेबारे टुंगो लाग्ने छ । यस पटकको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् ।

नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । तर अन्तिम छनोटमा सन्दीप मात्र अटाएका हुन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।

लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेको थियो ।

सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।