विभिन्न सशस्त्र समूहले हिंसा जारी राखेकाले अमेरिकालाई इराकमा शान्ति स्थापना गर्न थप चुनौती बढ्दै गएको छ ।
सशस्त्र समूह आईएसआईएसविरुद्ध लड्न इराकमा खटिएको अमेरिकी सेनाको टोलीमाथि निरन्तर भइरहेका हमलाका कारण सुरक्षा व्यवस्था मिलाउन थप चुनौती भएको हो ।
राष्ट्रपति जो बाइडेन प्रशासनलाई इराकमा तैनाथ सुरक्षा निकायलाई सरकार समर्थित सेनासँग मिलेर आईएसआईएसविरुद्धका गतिविधि सञ्चालन थर्न थप चुनौती भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इराकको एरबिल सहरको विमानस्थल नजिकै रहेको अमेरिकी सेनाको ब्यारेकलाई लक्षित गर्दै रकेट हमला भएका छन् ।
बिहानको समयमा भएको हमलामा एक जना सर्वसधारणको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ । तर विद्रोहीले भने अमेरिकी सेनामाथि ठूलो क्षति भएको दावी गरेको छ ।
सन् २०१४ देखि इराकमा खटिएको अमेरिकी सेनाको टोलीमाथि विद्रोहरुले लगातार निसाना बनाउँदै आएका छन् ।
आक्रमणको आलिया अल डम समूहले जिम्मा लिएको अलजजिराले जनाएको छ । सन् २०१९ देखि इराकमा पश्चिमी सैन्य प्रतिष्ठान वा कूटनीतिक नियेगहरुमा विभिन्न सशस्त्र समूहले आक्रमण गर्दै आएका छन् ।
प्रतिक्रिया