देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डाक्टरलाई जँचाउने शुल्क आजदेखि बढ्यो, अनुभवका आधारमा तोकियो शुल्क

देशान्तर

काठमाडौँ – बुधबारबाट डाक्टरलाई जँचाउने शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले एक विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

नयाँ शुल्क चिकित्सकको योग्यता र अनुभवका आधारमा निर्धारण गरिएको छ । पाँच वर्षसम्म अनुभव भएको डाक्टरको शुल्क ३७० रुपैयाँ तोकिएको छ भने ५ वर्षभन्दा बढी अनुभव भएका डाक्टर जँचाउने शुल्क ४५० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० वर्षसम्म अनुभव भएका डाक्टरको शुल्क ८२५ रुपैयाँ तोकिएको छ ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई  ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो । सो प्रतिबद्धता कार्यान्वयन नभएपछि फागुन ४ गते बसेको अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै निजीका स्वास्थ्य संस्थाहरुमा काम गरेर मासिक रुपमा पारिश्रमिक लिने डाक्टरहरुको न्युनतम पारिश्रमिक ४२ हजार कायम गराउने जानकारी दिइएको छ ।