देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित

देशान्तर

वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिए । वाग्मती प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गएको पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । यसअघि माघ १९ गते बोलाइएको बैठक सूचना निकालेर आजसम्मका लागि स्थगित भएको थियो । वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी १ सय १० सदस्य रहेका छन् ।