देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार्सिलाेनाविरुद्ध एमबाप्पेकाे ह्याट्रिक

देशान्तर

युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले घरेलु मैदानमा पेरिस सेन्ट जर्मेनसँग चार एक गाेल अन्तरकाे लज्जास्पद हार ब्यहोरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई लज्जास्पद हारको स्वाद चखाउन केलियन एम्बाप्पेले ह्याट्रिक गरे । त्यसोत बार्सिलोनाले सुरुवाती एक गोलको अग्रता जोगाउन सकेन । खेलको २५ औं मिनेटमा नै पेनाल्टी पाएको थियो । उसका डि जोङलाई डिबक्समा लडाएपछि भिएआरको सहायताले बार्सिलोनालाई पेनाल्टी दिइएको थियो ।

जसलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै टिमलाई एक शुन्यले अगाडी राखे । उनले सन् २००५ देखि लगातार १७ सिजनको च्याम्पियन्स लिगमा गोल गर्न सफल भए । यसका साथै उनले ३१ खेलमा २८ गोल गर्न सफल भएका छन । मेस्सीले बार्सिलोनाका लागि कुल गोल संख्या ६ सय ५४ पुर्याएका छन ।

खेलको ३२ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै टिमलाई एक एक गोलको बराबरीमा पुर्याए ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलका ६५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई दुई एकले अगाडी राखे ।

त्यसपछि ७० औं मिनेटमा कियनको गोलमा पीएसजी तीन एकले अगाडी रह्यो ।

८५ औं मिनेटमा एम्बाप्पेले नयाँ रेकर्ड बनाउँदै ह्याट्रिक पुरा गरे । उनले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको पहिलो खेलमा नै ह्याट्रिक गर्न सफल भए । च्याम्पियन्स लिगमा एम्बाप्पेले ४१ खेलमा २४ गोल गर्न सफल भएका छन । उनको ह्याट्रिकका कारण पीएसजीले चार एकको अग्रता बनायो ।

त्यसपछि बार्सिलोना खेलमा फर्कन सकेन र नराम्रो हार ब्यहोर्यो । अब दाेस्राे लेग पीएसजीकाे मैदानमा हुनेछ । साे खेलमा बार्सिलाेनालाई फेरी चमत्कारी खेलकाे आवश्यकता हुनेछ ।