अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् ।
मंगलबार आएको आँधीले कोरोना खोप वितरण पनि प्रभावित भएको छ । टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा जनधनको क्षति भएको बताइएको छ । नर्थ क्यारोलाइना र ओरेगन राज्यमा पनि यसको असर परेको छ ।
बिजुली नभएपछि मानिसहरू इन्टरनेटबाट वञ्चित भएका छन्। तापक्रम माइनसमा झरेको छ । विद्यालयहरू बन्द गरिएका छन् । माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा जनजीवन निकै प्रभावित भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन् । उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् ।
प्रतिक्रिया