देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाग्लुङमा काेदालाे प्रहार गरेर एककाे हत्या ५ घाइते

देशान्तर

बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताउनुभयो ।