देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक सय ३१ महिला हिंसामा १० प्रतिशतको हत्या

देशान्तर

काठमाडौँ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ । 

ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनअनुसार नेपालभर महिलामाथि हुने विभिन्न हिंसाका १३१ घटना भएको र त्यसमध्ये २९ घटना पत्रपत्रिकाबाट लिइएको थियो । 

प्रतिवेदनमा महिला हिंसाका घटनामध्ये ६० प्रतिशत घटना तराईमा घटेका छन् भने पहाडी क्षेत्रका ३१ र हिमाली क्षेत्रको ९ घटनालाई लिइएको हो । 

महिलामाथि भएका हिंसामध्ये ३५ प्रतिशत महिला तथा किशोरीमाथि शारीरिक हिंसा र ३१ प्रतिशतमाथि मानसिक हिंसा भएको थियो । हिंसामा परेका १० प्रतिशत महिलाको भने हत्या भएको थियो । 

यसैगरी ६ प्रतिशत महिला बलात्कारमा परेका थिए भने ५ प्रतिशत महिला यौनजन्य हिंसा र २ प्रतिशत महिलामाथि बलात्कार प्रयास भएको थियो । 

प्रतिवेदनले आफ्नानजिकका आफन्त, नातेदारबाट हिंसामा पर्नेको सङ्ख्या ५६ प्रतिशत देखाएको छ । हिंसामा पर्नेमध्ये १६ प्रतिशत परिवारका सदस्यबाट, ९ प्रतिशत छिमेकीबाट, २ प्रतिशत शिक्षकबाट र १४ प्रतिशत अन्य (साथी, प्रेमी)बाट हिंसापीडित छन् । 

]]>