देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको पहिलो दिन ३३ अंकले घट्यो नेप्से

देशान्तर

काठमाडौं – साताको पहिलो दिनको कारोवारमा नै नेप्से रातै भएको छ । आज आईतबार नेप्से ३३ दसमलव ३३ अंकले घटेर २४ सय ९३ दसमलव ५९ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ३१ अंकले घटेर चार सय ५४ दमसलव १२ बिन्दुमा झरेको छ । दुई सय दुई वटा कम्पनीहरुको ५८ हजार तीन सय नौ वटा कारोवारमा एक करोड ४८ लाख ५१ हजार पाँच सय ९२ कित्ता सेयर खरिद बिक्री भएकाछन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब ९२ करोड ७६ लाख ६८ हजार नौ सय ३१ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक भने उच्च अंकले घटेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव ७१ अंकले घटेर १७ सय ८७ दसमलव ७८ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि २३ दसमलव पाँच अंकले घटेर १८ सय ९९ दसमलव ४२ बिन्दुमा झरेको छ ।

यसैगरी बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहका सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ७४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सर्पोट माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने नौ दसमलव २७ प्रतिसतले घटेर १९ सय ९१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १६ सय ९९ रुपैयाँ अन्तिम मुल्यमा ५२ करोड ३३ लाख ६७ हजार चार सय २४ रुपैयाँको कारोवार भएको छ ।