देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई सात अंकको अग्रता

देशान्तर

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएकोखलमा सिटीले टोटनह्याममाथि ३–० गोल अन्तरको जीत दर्ता गरेको हो । यो सँगै तालिकामा सिटीले सात अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा सिटीले २३ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोड्रिगेजले गोल गर्दै अग्रता दिलाएका थिए । गुन्डोगानले ५० औं मिनेटमा सिटीको अग्ता दोब्बर बनाएका थिए । यसैगरी गुन्डोगानले नै ६६ औं मिनेटमा गोल गरेपछि सिटी ३–० को सहज जीत दर्ता गर्न सफल भयो ।

शीर्ष स्थानमा रहेको सिटीले २३ खेलबाट ५३ अंक बनाउँदा दोस्रो स्थानमा रहेको लेस्टर सिटीले २४ खेलबाट ४६ अंक बनाएको छ । यसैगरी पराजित भएको टोटनह्याम भने २३ खेलबाट ३६ अंक जोड्दै नवौं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको अर्को खेलमा बर्नले विजयी भएको छ । बर्नलेले क्रिष्टल प्यालेसमाथि ३–० गोल अन्तरको जीत दर्ता गरेको छ । विजयी भएको बर्नले १६ औं स्थानमा छ भने पराजित भएको क्रिष्टल प्यालेस १३ औं स्थानमा छ । ब्राइटन र एस्टोन भिल्ला भने गोलरहित बराबरीमा रोकिएका छन् ।