स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अलाभेसलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिन्काओले दुई दुई गोल गर्दा जुनियर फिर्पोले एक गोल थपेको थिए । अलाभेसका लागि लुइस रोइजाले एक गोल फर्काएका थिए ।
ट्रिन्काओले २९ औं मिनेटमा इराक्स मोरिवाको पासमा गोल गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थए । यी दुवै युवा खेलाडीले ला लिगामा डेब्यू गरिरहेका थिए । मेस्सीले डी बक्स बाहिरकबाट पहिलो हाफको अतिरिक्त समयमा शानदार गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रहेको थियो ।
रेलिगेसन क्षेत्रबात्र मात्र २ अंक माथि रहेको अलाभेसका लागि ५७ औं मिनेटमा लुइस रोइजाले गोल गर्दै अग्रता कम गरेका थिए ।
७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको एक मिनेटपछि मेस्सीले पनि व्यक्तिगत दोस्रो गोल गरेका थिए । ८० औं मिनेटमा जुनियर फिर्पोले टिमका लागि पाँचौं गोल गरे ।
२–२ गोल गर्ने मेस्सी र ट्रिन्काओ दुवैका लागि यो दिन निकै महत्वपूर्ण थियो । ३३ वर्षीय मेस्सीले ५ सय ५ औं ला लिगा खेल खेल्दै थिए जुन जाभीको कीर्तिमान बराबरी हो । २१ वर्षीय ट्रिन्काओ सिनियर करिअरमा ला लिगामा डेब्यू गरेका हुन् । तर उनी लगातार बेन्चमा थिए र नकआउट प्रतियोगितामा खेलेका थिए ।
दुवै खेलाडीको थप अर्को गोल भिडियो असिस्टेन्ट रेफ्रीबाट अफसाइड घोषणा भएको थियो । यो जितपछि बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तर, अझै शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ८ अंकले पछाडि छ ।
प्रतिक्रिया