देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चकलेट डेमा महिला डाक्टरलाई चकलेट दिएर बलात्कार प्रयास

देशान्तर

एजेन्सी – भारतको मेरठस्थित जिल्ला अस्पतालमा कार्यरत महिला डाक्टरलाई चकलेट लिएर लेबर रुममा बलात्कारको प्रयास भएको छ ।

रातको ड्युटीमा रहेकी महिला डाक्टर राउण्ड गरिरहेको अवस्थामा त्यहिँ कार्यरत अर्का डाक्टर उनको पछि पछि लागेर लेबर रुममा गएका थिए । त्यहाँ जानेबित्तिकै चकलेट दिएर उनले बलात्कारको प्रयास गरेका थिए ।

घटनाबारे प्रहरीमा जानकारी गराइपछि बलात्कारको प्रयास गर्ने डा. विवेक फरार छन् । अस्पताल प्रशासनले आरोपी डाक्टरलाई विभागीय कारबाही गरिने जनाएको छ । विवेकलाई प्रहरीले खोजिरहेको छ भने अस्पतालले पनि खोजी गरी कारबाही गर्ने भएको छ ।