काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीरको अंग दान गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।
उनीहरुले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवेश गरेकी छन् ।
उनीहरुले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका हुन् । अहिले किस्ट अस्पतालले जोशी दम्पतीको निःशुल्क हेरचाह गरिरहेको छ ।
प्रतिक्रिया