काठमाडौ । सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधि सभा विघटनको विरोधमा प्रजातन्त्र र लोकतन्त्रवादीहरु एकठाउँमा आउनुपर्ने बताएका छन्।
शुक्रबार माइतीघर मण्डलामा गरिएको नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको बताए।
उनले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भए पनि सरकारले त्यसलाई खोसेको बताए। उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए।
प्रतिक्रिया