देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामकुमारी झाँक्रीमाथि राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पूर्जी

देशान्तर

काठमाडौँ – नेकपा (प्रचण्ड–नेपाल खेमा ) की नेतृ रामकुमारी झाँक्रीविरुद्ध जारी भएको छ ।

राज्यविरुद्धको अपराध गरेको भन्दै प्रहरीले झाँक्रीका नाममा पक्राउ पूर्जी जारी गरेको हो । सादा पोशाकमा पक्राउ पूर्जी बिना प्रहरी झाँक्रीको घर पुगेपछि नाराबाजी भएको थियो ।

अहिले पनि नाराबाजी जारी छ । तर अहिले प्रहरी गम्भीर अपराधको पक्राउ पूर्जी लिएर त्यहाँ पुगेको हो । महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बिहीबार बिहान आउन भनेको थियो ।

नआएपछि आफूहरु पुगेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । केही दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरेको टिप्पणीलाई लिएर उनलाई पक्राउ गर्न खोजिएको हो ।