देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई भारतीय नागरिकले सगरमाथा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि

देशान्तर

काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथा चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको हो ।

मन्त्रालयले यस प्रकरणमा छानबिन गर्दै उनीहरुले सो वर्ष सगरमाथा चढेको भन्दै झुठा विवरण पेश गरी प्रमाण पत्र लिएको पाइएको जानकारी दिएको छ । साथै मन्त्रालयले उनीहरुको प्रमाणपत्र रद्द गर्दै दुई भारतीय नागरिकलाई नेपालको पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

त्यस्तै उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको मन्त्रालयले जनाएको छ । त्यस्तै सरकारले भारतीय नागरिकको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक प्रालिलाई ५० हजार नगद जरिवाना गरेको छ । साथै झुठो कागज गरिदिने आरोहण दलका सहयोगी ङा दावा शेर्पालाई समेत मन्त्रालयले १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।