देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भलिबल च्याम्पियनसिप : एपीएफसँग पुलिस पराजित

देशान्तर

पोखरा – एपीएफ क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पुलिसमाथि २७-२५, २५-२०,२०-२५,९-२५ र १५-१० को सेटमा जित जित निकालेको हो ।

जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । पुलिसको यो पहिलो हार हो । पहिलो खेलमा पुलिसले गण्डकी प्रदेशलाई हराएको थियो । पुलिसले २ खेलमा ३ अंक जोडेको छ । बुधबार नै भएको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । पहिलो सेट २५-२२ ले आफ्नो बनाएपनि आर्मी स्तब्ध भएको हो ।

पुनरागमन जित निकाल्ने क्रममा गण्डकीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१८ र तेस्रो सेट २५-१७ ले आफ्नो बनाएको थियो । गण्डकीको यो पहिलो जित हो । जितसँगै गण्डकीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा गण्डकी विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा महिला र पुरुषमा समान ४-४ टोलीको सहभागिता रहेको छ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।