अमेरिकी राष्ट्रपति जो बाइडन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत टेलिफोन वार्ताको बारेमा जानकारी दिएका हुन् ।
वार्तामा क्षेत्रीय मुद्दा र आफ्ना साझा प्राथमिकताकाबारे चर्चा भएको मोदीले उल्लेख गरेका छन् । दुई विश्व नेताबीच जलवायु परिवर्तन रोक्नका लागि सहयोग बढाउने विषयमा पनि सहमति भएको छ ।
राष्ट्रपति बाइडन र मोदी एशिया–प्रशान्त क्षेत्रको शान्ति तथा सुरक्षाका लागि आफ्नो रणनीतिक साझेदारीलाई अझ बलियो पार्न पनि सहमत भएका छन् ।
मोदीले वार्तामा बाइडनको कार्यकालमा दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिक्रिया