देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बायर्न म्युनिख क्लब विश्वकपको फाइनलमा

देशान्तर

फिफा क्लब विश्वकप फुटबलको उपाधिका लागि बायर्न म्युनिख र टाइगर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबारराति भएको सेमिफाइनलमा बार्यन म्युनिखले अफ्रिकी च्याम्पियन अल अलीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । जर्मन क्लब बार्यनको जितमा दुवै गोल रोवर्ट लेवाण्डोस्कीले गरेका हुन् ।

कतारमा भएको दोस्रो सेमिफाइनलमा जर्मन च्याम्पियन बायर्नले पहिलो हाफ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । लेवाण्डोस्कीले १७ औं मिनेटमा गोल गरी बायर्नलाई अग्रता दिलाएका थिए ।

अल अलीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न भने असफल रह्यो । लेवाण्डोस्कीले नै ८५ औं मिनेटमा हेडिङ गोल गरेपछि बायर्न सहज जित तर्फ अघि बढेको थियो ।

यो सिजनमा पनि उत्कृष्ट फर्ममा रहेका लोवाण्डोस्कीले २७ खेलमा २९ गोल गरिसकेका छन् ।
बायर्नले अब उपाधिका लागि कनकाफ च्याम्पियन मेक्सिकन क्लब टाइगर्ससँग विहीबार प्रतिस्पर्धा गर्ने छ । टाइगर्सले ब्राजिलको पाल्मारिसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।