विरगञ्ज । गएको बिहीबार अपहरणमा परेका व्यपारी सुरेश केडिया आज भारत विहार राज्यको मोतिाहारीबाट शकुसल अपहरणमुक्त भएका छन् ।
नेपाल प्रहरी र भारतिय प्रहरीको सयुक्त टोलीले उनलाई अपहरण मुक्त गरेको र उनलाई विरगञ्ज ल्याउने तयारी भएको विरगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैठले जानकारी दिए ।
गएको विहीबार बेलुका साढे ६ बजेतिर उनी चढेको गाडि रोकी अज्ञात हतियारधारीले वाहन चालक पर्साको विन्ध्यवासिनी निवासी श्यामउनेश साहलाई गोली प्रहार गरी उद्योगपति केडियोको अपहरण गरेको थियो ।
घटनाको अध्ययन गर्न नेपाल प्रहरीले एआईजी केदार साउद र एसएसपी मनोज न्यौपानेलाई जिम्मा दिएको थियो ।
सुरेश ‘केडिया अर्गनाइजेसनका’ अध्यक्ष हीरालाल केडियाका पुत्र र राजहंस खाद्य उद्योगका सञ्चालक हुन् ।
प्रतिक्रिया