एथलेटिको बिल्वाओ क्लब स्पेनिस कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ ।
गयराति भएको खेलमा एक एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लगाइएको थियो । जसमा रियल बेटिसमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै एथलेटिको बिल्वाओले सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो गोल हुन ८४ औं मिनेटसम्म कुुर्नु परेको थियो । रियल बेटिका लागि जुआनमीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा राहुल गार्सिलो बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा निकाल्न पेनाल्टी सुटआउटको साहरा लिनु परेको थियो । पेनाल्टीमा बिल्वाओका राहुल गार्सिले गोल गर्दा एइसा मान्डीले बेटिसका लागि गोल गरे ।
दोस्रो इनाकी विलिम्सले गोल गर्दै विल्बाओले पेनाल्टीमा २–१ बनायो । तर, बेटिसका सर्जियो केनालेसले प्रहार गरेको पेनाल्टी बिफल भएपछि बराबरी गर्न असफल रह्यो ।
बिल्वाओका लागि जोन मार्सिलोले गोल थप्दा बेटिसको तेस्रो प्रहार गरेका जुआनमीको प्रहार खेर गयो । बिल्वाओका लागि युरी वर्चिचले गोल गरेपछि पेनाल्टीमा ४–१ ले जित निकाल्दै बिल्वाओले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनायो ।
प्रतिक्रिया