देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले कोभ्याक्समार्फत् साढे २२ लाख डोज कोभिड खोप पाउने

देशान्तर

काठमाडौं । नेपालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २२ लाख ५६ हजार डोज कोभिड–१९ विरुद्धको खोप पाउने भएको छ ।

विश्व स्वास्थ्य संगठनले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिकाअनुसार नेपालले उक्त संख्यामा खोप प्राप्त गर्ने भएको हो । भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो। हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप नेपालभर लगाइँदैछ ।

चीनले पनि तीनलाख डोज कोभिड खोप सहयोगस्वरुप दिने घोषणा गरेको छ । डब्लूएचओले नेपालले कहिलेसम्म खोप प्राप्त गर्ने भन्ने मिति खुलाएको छैन । स्वास्थ्य मन्त्रालयले अप्रिलसम्म कोभ्याक्स सुविधा अन्तर्गतको खोप आउने विश्वास लिएको छ ।

कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त खोप ३ प्रतिशत जनसंख्यालाई लगाउन पुग्नेछ । उक्त खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ। कोभिड खोप एक व्यक्तिलाई दुई डोज लगाउनुपर्ने हुन्छ । सोअनुसार जति डोज खोप हो सो संख्याको आधा जनसंख्यालाई पुग्छ भने बितरण तथा लगाउने क्रममा केहि मात्रा खेर पनि जाने जनाइएको छ ।