संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गरिएको सैन्य कू असफल पार्न विश्व समुदायसँग अपिल गरेका छन् ।
निर्वाचनको परिणाम उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसको भनाइ छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने भएको छ । यसअघि मंगलबार सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण वक्तव्य जारी गर्न सकेको थिएन ।
सोमबार सेनाले नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरी सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।
प्रतिक्रिया