देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अञ्जु पन्तले गर्दैछिन् दाेस्राे विवाह

देशान्तर

गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन् । पन्तले इलाम स्थायी घर भएका थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् ।

विवाहको मिति भने हालसम्म तय भएको छैन । पन्तले यसअघि गायक तथा संगितकार मनोजराजसँग पहिलो विवाह गरेकी थिइन् । पन्तको पहिलो दाम्पत्य जीवन सफल भएन ।

कोइराला र पन्त केही समयदेखि प्रेम सम्बन्धमा थिए । कोइरालाले लेखेको गीत पन्तले गाएकी छिन् । एक दशक अघि पन्तले मनोजसँग सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएकी थिइन् ।

अञ्जु हाल छोरीसँग बस्दै आएकी छिन् । उनकी छोरी परितोशिकाले केही समय अघि आमाले बिहे गर्नुपर्ने धारणा राखेकी थिइन् ।