देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडको अत्याधिक फराकिलो जित

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि ९–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।

यो जितमा आफ्नै क्लबको कीर्तिमान बराबरी गरेको हो । साउथ ह्याम्पटन भने खेल सकिँदासम्म ९ खेलाडीमा झरेको थियो ।

खेल सुरु भएको दोस्रो मिनेटमै अलेकजान्द्रे जान्केवीचले रातो कार्ड पाउनु पाहुना टोली साउथह्याम्प्टनको पतनको सुरुआत थियो । उसले गत सिजन अक्टोबर २०१९ मा लिसेस्टर सिटीसँग पनि यही गोलअन्तरको पराजय ब्यहोरेका थिए ।

ओल्ड ट्राफोटमा आरोन वान विसाकाले गोलको सुरुआत गरेका थिए । युनाइटेडकमा लागि मार्कश रासफोर्ड र इडिन्सन काभानीले पनि गोल गरे । जान बेडनारेकको आत्मघाती गोलसमेत गर्दा पहिलो हाफमै युनाइटेडले ४–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको अन्त्यतिर साउथह्याम्प्टनका अर्का खेलाडीले पनि रातो कार्ड पाएका थिए । दोस्रो हाफमा एन्थोनी मार्सलले २ गोल थपे । बुर्नो फर्नान्डेसले पेनाल्टीमा गोल गरे । म्यान टोमिनी र ड्यान जेम्सले एक एक गोल गरे ।

युनाइटेडका लागि शानदार अन्त्य थियो । उनीहरुले सन् १९५६ मा एन्डरलेच्टमाथिको १०–० को क्लब कीर्तिमान जितजस्तै प्रदर्शन देखाएका थिए ।

यो जितपछि युनाइटेडले २२ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको पनि समान अंक छ । तर गोलअन्तरमा युनाइटेडले सिटीलाई पछि पार्न सकेन । लिगमा लगातार चोथो हार ब्यहोरेको साउथह्याम्प्टन भने २१ खेलबाट २९ अंकसहित १२ औं स्थानमा छ ।