काठमाडौं – साताको तेस्रो कारोबार सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७ दशमलव ७३ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् ।
प्रतिक्रिया